Logo

विश्वकप छनोटको आफ्नो अन्तिम अवे खेलमा नेपालले भोली जोर्डनको सामना गर्दै

ई-खेलकुद २०७६ असोज २७ , सोमबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत आफ्नो अन्तिम अवे खेलमा नेपालले भोली बलियो टोली जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ । जोर्डनको अम्मानस्थित अन्तराष्ट्रिय फुटबल मैदानमा नेपाल र जोर्डनबिचको प्रतिस्पर्धा नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछ । छनोट अन्तर्गत नेपालले खेलेका ३ मध्ये १ मा जित र २ मा हार भोगेको नेपाल दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई हराएको थियो । अघिल्लो साता भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ५–० ले हराएको थियो । पहिलो खेलमा चाईनिज ताईपेईलाई २–१ ले पराजित गरेको जोर्डन दोस्रो खेलमा कुवेतसंग गोलरहित बराबरीमा रोकिएको थियो ।
फिफा वरियतामा नेपालभन्दा ६३ स्थान माथी रहेको जोर्डनबिरुद्ध उसैको घरेलु मैदानमा नेपाल कम्तीमा अंक खोस्ने लक्ष्यमा रहनेछ । यद्यपी शारिरीक रुपमा समेत बलियो टोलीका रुपमा रहेको जोर्डनलाई रोक्न नेपाललाई निक्कै मेहनत आवश्यक छ । पिफफा बरियतामा नेपाल १ सय ६१ र जोर्डन ९८ औ स्थानमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?