Logo

विश्वकप क्रिकेट लिग टु : नेपाल ओमानसंग पराजित

ई-खेलकुद २०७८ भदौ २९ , मंगलबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल घरेलु टोली ओमानसंग पराजित भएको छ । आज भएको खेलमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । योसंगै लिग टुमा भएका तीनै भेटमा ओमानले नेपाललाई हराएको छ ।
नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ दशमलव १ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । उसलाई शानदार जित दिलाउन जितेन्दर सिंहले शतकिय ईनिङस खेल । रोहित कुमार पौडेलले हातबाट क्याचआउट हुनुअघि उनले १२ चौका र ६ छक्काको मद्दतमा १ सय ७ रनको योगदान गरे । महम्मद नादिमले अबिजित ३८, सुरज कुमारले २० र एयान खानले १८ रन जोडे ।
नेपालका करण केसी र कुशल मल्लले समान २ तथा सुशन भारीले एक विकेट लिए ।
यसअघि अल अमिरातमा टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ४७ दशमलव ४ ओभरमा १ सय ९६ रनमा समेटिएको थियो । आसिफ शेखले सर्बाधिक ९० रन बनाएको नेपालको ईनिङसमा कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१ र रोहित कुमार पौडेलले २० रन बनाए । सन्दिप लामिछानेले १६ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ओमानका बिलाल खानले ४ तथा नेष्टोर धाम्बाले २ विकेट लिए । जेस्हान मक्सुद र महम्मद नादिमको नाममा एक विकेट रह्यो । नेपालका २ ब्याट्सम्यान रन आउट भएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?