Logo

विश्वकपका लागि तयार गरिएका सबै रंगशालामा कुलिङ टेक्नोलोजी

ई-खेलकुद २०७९ वैशाख २ , शुक्रबार १२:०४ मा प्रकाशित

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा प्रयोग हुने सबै रंगशालामा कुलिङ टेक्नोलोजीको प्रयोग गरिएको छ । खाडी मुलुकमा हुने अत्याधिक गर्मीलाई कम गर्न सबै रंगशालामा अत्याधुनिक प्रविधीको तापक्रम घटाउने प्रबिधी राखिएको हो । रंगशालामा राखिएको यो सिस्टममले अधिकतम २० डिग्रीसेल्सीयस तापक्रम कायम गर्नेछ । त्यस्तै माथिल्लो तहको अवस्थालाई पनि त्यसै अनुरुप सन्तुलन राख्न बिशेष प्रणाली राखिएको कतार फुटबल संघले जनाएको छ ।
यी रंगशाला विश्वकपपछि अन्यन्त्र सार्न सकिने गरि निर्माण गरिएका संरचना हुन् । विश्वकपपछि यी मध्ये केही रंगशाला कम विकसित खेल पूर्वाधार भएका देशहरूलाई दान गर्ने घोषणा पनि कतार सरकारले गरिसकेको छ । विश्वकप हुने ८ मध्ये ५ स्टेडियम जर्मन वास्तुकार अल्बर्ट स्पियर र साझेदारहरूद्वारा डिजाइन गरिएको हो। यी रंगशाला सौर्य ऊर्जाबाट चल्नेछन् । कार्बन न्यूट्रलको सिद्धान्तलाई प्राथमिकता दिदै वातावरण मैत्री रंगशालाको परिकल्पनासहित निर्माण गरिएको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?