Logo

विवादको दिशामा फस्दै नेपाल क्रिकेट संघ

ई-खेलकुद २०७८ पुस १ , बिहीबार ०७:१२ मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको निलम्बन पूर्ण फुकुवा नहुँदै नेपाल क्रिकेट संघ क्यान फेरी आन्तरिक विवादमा फसेको छ । कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई जिम्मेबारीबाट हटाईएको बिषयमा क्यानका पदाधिकारीहरु नै बिभाजित भएसँगै क्यानभित्रको विवाद सतहमा आएको हो । बहुमत पदाधिकारीले गरेको निर्णयमा ६ सदस्यले नोट अफ डिसेन्ट लेख्दै आफ्नो असहमती व्यक्त गरेका थिए ।

ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दिप लामिछानेलाई नयाँ कप्तानको जिम्मेबारी दिएपछि त्यसको क्यानभित्रै र बाहिरबाट पनि चर्को विरोध हुँदै आएको छ । खेलाडीहरुले न्युनतम अनुशासन पनि नमानेको भन्दै क्यानले लगाम लगाउनु सामान्य बिषय हो । तर त्यसलाई क्यानभित्रकै पदाधिकारीहरु राजनितिक दाउपेचमा उत्रनु भने निन्दनीय छ ।

टी–२० विश्वकपको ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपाली टोलीभित्र पनि क्यानको जस्तै गुटबन्दी देखिएको छ । अन्तत यसको असर समग्र नेपाली टोलीको प्रर्दशनमा पर्ने निश्चित छ । एकदिवसीय विश्वकपको छनोटका रुपमा रहेको लिग टुको आसन्न सिरिज तथा बिभिन्न अन्तराष्ट्रिय प्रतियोगीतको मुखैमा भएको घटनाले नेपाली क्रिकेटको आगामी भविश्य संकटमा पर्नसक्ने चिन्ता पनि बढेको छ । भर्खरै नियुक्त भएका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेको आगमनलाई सौहान्द्रपूर्ण स्वागतको प्रतिक्षापनि समाप्त भएको छ ।
आन्तरिक विवादपछि आईसीसीकै निगरानीमा रहेको क्यानभित्रको बेतिथीलाई उसले पनि नजिकबाट नियालीरहेको छ । आन्तरिक समस्या समाधान गरेर सहज वातावरण हुन नसके नेपाली क्रिकेट फेरीपनि पुरानै बाटोमा जाने संकेत स्पष्ट रुपमा देखिन थालेको छ ।

घरेलु क्रिकेटको सर्बोच्च निकाय क्यानलाई बाईपास गरेर खेलाडीहरु राष्ट्रिय खेलकुद परिषदको ढोका ढकढक्याउन पुगीसकेका छन् । दलगत स्वार्थ समूहको प्रभावका कारण क्यानकै पदाधिकारीहरु पनि बिभाजित भएको अवस्था छ । जसको असर राष्ट्रिय टोलीका खेलाडीहरुमा पनि परिसकेको छ । चरम गुटबन्दी र आन्तरिक रुपमा देखिएको अस्तव्यस्ततालाई क्यानको नेतृत्वले सहजतापुर्वक समाधान गर्न नसके नेपाली क्रिकेट पुरानै नियतीबाट गुज्रने निश्चितप्राय छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?