Logo

विराटनगरले लगातार दोस्रो जित निकाल्दा, पोखरा जितविहिन

ई-खेलकुद २०७६ कात्तिक १ , शुक्रबार ०४:१० मा प्रकाशित

काठमाण्डौ । विराटनगर टाईटन्सले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगरले सेमिफाइनल प्रबेशको संभावना बलियो बनाएको हो ।
राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा पोखराले दिएको ९५ रनको सामान्य विराटनगरले ३० बल अगावै ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२ रनको योगदान गरे । अश्मिना कर्माचार्यले अविजित १६ र डोली भट्टले १२ रन बनाईन् । पोखराकी सिता राना मगरले २ विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । पोखराका लागि कविता कुवँरले २२ रन जोडिन् । यस्तै कप्तान सिता राना मगरले १६ र अन्जली चन्दले १५ रन जोडिन । विराटनगरकी सबनम राईले २ र सोनु खड्काले १ विकेट लिईन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?