Logo

विराटनगरले पहिलो हार ब्योहार्दा काठमाण्डौको दोस्रो जित

ई-खेलकुद २०७६ कात्तिक २ , शनिबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । क्वाट क्विन्स काठमाडौंले वुमेन्स च्याम्पियन्स लिग (डब्लुसीएल) मा दोस्रो जित हात पारेको छ । बलियो टोली विराटनगर टाईटन्सलाई ५३ रनले हराउदै काठमाण्डौले प्ले अफ प्रबेशको संभावना बलियो बनाएको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा १ सय ४० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर मात्र ८७ रन बनायो । लक्ष्मी चौधरीले अविजित ४० रन बनाएपनि टोलीको जितमा पर्याप्त बन्न सकेन् । माथिल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेको ईनिङसमा डोली भट्टले १३ रन बनाईन् । काठमाडौंकी सुमन बिष्टले २ विकेट लिईन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । काठमाडौंका लागि रोमा थापाले नटआउट ५३ र रुबिना क्षेत्रीले अविजित ३५ रनको योगदान गरिन् । रश्मी चौलागाईंले ३४ रन बनाईन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?