Logo

विम्बल्डन टेनिस : बार्टीले जितिन उपाधि

ई-खेलकुद २०७८ असार २७ , आईतबार ०७:०७ मा प्रकाशित

एजेन्सी । विम्बल्डन टेनिस अन्तर्गत महिला एकलतर्फको उपाधि विश्व नम्बर एक अष्ट्रेलियाकी एस्लेघ बार्टीले जितेकी छिन् । लण्डनमा गएराती भएको फाईनलमा चेक रिपब्लिककी कारोलिना लिस्कोभालाई हराउँदै बार्टी च्याम्पियन बनेकी हुन् ।
पहिलो सेटमा ६–३ को जित निकालेकि बार्टीले दोस्रो सेट ६–७ ले गुमाएकी थिईन् । तेस्रो तथा निर्णायक सेटमा ६–३ को जित निकाल्दै बार्टीले उपाधि हात पारेकी हुन् ।
२५ बर्षिया बार्टीको यो पहिलो विम्बल्डन उपाधि हो । यद्यपी उनले जितेको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । यसअघि उनले फ्रेन्च ओपनको उपाधि जितेकी थिईन् ।
पुरुषतर्फको उपाधिका लागि सर्बियन नोभाक जोकोभिच र ईटालीका माटियो बेरेटिनी भिड्ने छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?