Logo

विम्बल्डन टेनिसको उपाधिका लागि जोकोभिच र बेरेटिनी भिड्ने

ई-खेलकुद २०७८ असार २६ , शनिबार १०:०७ मा प्रकाशित

एजेन्सी । विम्बल्डन टेनिस अन्तर्गत पुरुष एकलतर्फको उपाधिका लागि सर्बियन नोभाक जोकोभिच र ईटालीका माटियो बेरेटिनी भिड्ने भएका छन् । डिफेण्डिङ च्याम्पियन जोकोभिचले दोस्रो सेमिफाईनलमा क्यानडाका डेनिस शापोभालोभलाई सोझो सेटले हराउदै उपाधि यात्रा तय गरेका हुन् ।
पहिलो सेटमा ७–६ को संर्घषपुर्ण जित निकालेका जोकोभितले त्यसपछिका दुबै सेटमा समान ७–५ को जित हात पारेका थिए ।
जोकोभिच सातौ पटक विम्बल्डन टेनिसको फाईनलमा पुगेका हुन् । उनी यो प्रतियोगिताको पाँच पटकका विजेता समेत हुन् ।
१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन जित्दै २० ग्राण्डस्लाम आफ्नो बनाउने योजनामा छन् ।
जोकोभिच र माटियो बेरेटिनीबिचको फाईनल खेल आईतबार हुनेछ । बेरेटिनीले पहिलो सेमिफाइनलमा पोल्याण्डका हुबर्ट हुकाजलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?