Logo

विभागीय डर्बीमा एपीएफले आर्मीलाई दियो २ सय ४१ रनको लक्ष्य

ई-खेलकुद २०७७ माघ १२ , सोमबार ०१:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगीताको विभागीय डर्बीमा नेपाल एपीएफले त्रिभुवन आर्मीसामु २ सय ४१ रनको मध्यम चुनौती प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको आर्मीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको एपीएफ २ बल अगावै २ सय ४० रनमा समेटिएको हो ।
सुमित महर्जनले सर्बाधिक ४६ रन बनाएको एपीएफको ईनिङसमा सुवास खकुरेलले ३८, सन्दिप जोराले २८, अमरसिंह राउटेलाले २६ र कप्तान शरद भेषावकरले २४ रन बनाए । बसन्त रेग्मीले २० रन जोडे ।
आर्मीका हरी चौहानले समान ५, सहाब आलमले २ तथा बिक्रम शोव, आकाश चन्द र सुसन भारीले समान एक विकेट लिए ।
अपराजित रहेका दुबै टोली आजको खेलमा पनि जित निकाल्दै समुह विजेताका रुपमा सेमिफाईनल प्रबेशको योजनामा रहेका छन् ।

एपीएफ प्रधानमन्त्री कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?