Logo

विभागीय टोली आर्मीलाई हराउदै घरेलु टोली चितवन-११ उपाधि नजिक

ई-खेलकुद २०७६ कात्तिक ६ , बुधबार ०६:१० मा प्रकाशित

चितवन । विभागीय टोली त्रिभुवन आर्मीलाई हराउदै घरेलु टोली चितवन ११ जेसिज विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । चितवनको नारायणगढस्थित क्याम्पाचौर मैदानमा आज भएको पहिलो सेमिफाइनलमा चितवनले आर्मीलाई २–१ ले स्तब्ध पार्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा घरेलु टोलीले अप्रत्यासी नतिजा निकाल्दै उपाधि यात्रा तय गरेको हो ।
६५ औ मिनेटमा अनिल रानाले घरेलु टोलीका लागि गोल गरेका थिए । ७३ औ मिनेटमा रुमेश बतौलाले घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा निक्कै आक्रामक खेल खेलेको घरेलु टोलीबिरुद्ध आर्मीले ८२ औ मिनेटमा बिमल पाण्डेले गोल फर्काएका थिए ।
त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा सोहि नतिजा निर्णायक बन्यो । चितवनले प्रतियोगिताको उपाधिका लागि भोली हुने दोस्रो सेमिफाइनलको विजेतासंग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोली नेपाल पुलिस र संकटा क्लबबिच प्रतिस्पर्धा हुनेछ । विजेताले ६ लाख ६ हजार र उपविजेताले ३ लाख ३ हजार रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?