
चितवन । चितवनमा जारी जेसिज विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय नेपाल पुलिस र घरेलु टोली चितवन ११ भिड्दैछन् । नारायणगढस्थित क्याम्पाचौर मैदानमा केहिबेरमा यी दुई टोलीबिचको उपाधि भिडन्त सुरु हुनेछ ।
सेमिफाइनलमा संकटा क्लबलाई १–० ले हराउदै पुलिसले उपाधि यात्रा तय गरेको हो । चितवनले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउदै फाईनल यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले ६ लाख ६ हजार र उपविजेताले ३ लाख ३ हजार रुपैयामा हात पार्नेछन् ।
