Logo

विकास रनिङ शिल्ड फुटबलको अन्तिम क्वार्टरफाइनलमा जावलाखेल र संकटा भिड्ने

ई-खेलकुद २०७६ कात्तिक ५ , मंगलबार ०९:१० मा प्रकाशित

चितवन । चितवनमा जारी जेसिज विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा जावलाखेल युथ क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुदैछ । नारायणगढस्थित क्याम्पा चौर मैदानमा अपरान्ह ३ बजेपछि यी २ टोली सेमिफाइनल प्रबेशको लक्ष्यमा मैदान उत्रनेछन् । संकटाले बाई पाएर क्वार्टरफाइनलबाट यात्रा सुरु गर्न लागेको हो भने जावलाखेलले युनाईटेड एफसी दार्जेलिङलाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो ।
यसअघि हिजो भएको खेलमा एपीएफलाई हराउदै त्रिभुवन आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले ६ लाख ६ हजार तथा उपविजेताले ३ लाख ३ हजार रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?