Logo

वार्नरको शतक, फिन्च र म्याक्सवेलको अर्धशतकमा अष्ट्रेलियाद्धारा श्रीलंकासामु २ सय ३४ रनको बिशाल लक्ष्य

ई-खेलकुद २०७६ कात्तिक १० , आईतबार १०:१० मा प्रकाशित

एजेन्सी । डेभिड वार्नरले शतक तथा एरोन फिन्च र ग्लेन म्याक्सवेलले अर्धशतक बनाएपछि श्रीलंकाबिरुद्धको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलियाले २ सय ३४ रनको बिशाल चुनौती प्रस्तुत गरेको छ । एडिलेडमा टस जितेको श्रीलंकाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको कंगारु टोलीले निर्धारित ओभरमा २ विकेट गुमाउदै २ सय ३३ रनको उच्च योगफल तयार पार्यो । वार्नरले ५६ वलमा ४ छक्का र १० चौकाको मद्धतमा नटआउट १ सय रन बनाए । एरोन फिन्चले ६४ र ग्लेन म्याक्सवेलले ६२ रन जोडे ।
श्रीलंकाका ल्याक्सन सन्दाकान र दासुन सनाकाले समान एक विकेट लिए । अष्ट्रेलिया भ्रमणका क्रममा श्रीलंकले घरेलु टोलीसंग ३ म्याचको टी–२० सिरिज खेल्नेछ । घरेलु मैदानमा हुने टी–२० विश्वकपको तयारीका लागि तयारी तिब्र पारेसंगै अष्ट्रेलियाले बिभिन्न राष्ट्रसंगको टी–२० सिरिजलाई पनि निरन्तरता दिएको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?