Logo

वाटमोर अर्को सातामात्र नेपाल आउने

ई-खेलकुद २०७७ पुस २९ , बुधबार ०५:०१ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर अर्को साता मात्र नेपाल आउने भएका छन् । जनवरी पहिलो साता नै काठमाण्डौ आउने भनिएपनि भिषा प्रक्रियामा भएको ढिलाईका कारण पछि धकेलिएको हो । नेपाल क्रिकेट संक क्यानका अनुसार वाटमोर माघको पहिलो साता मात्र काठमाण्डौ आईपुग्नेछन् । कोरोना माहामारीका कारण अनअराईभल भिषा पनि रोकिएका कारण वाटमोर नेपाल आउन नसकेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । यद्यपी त्यसका लागि क्यानले सहजीकरण गरिरहेको छ ।
भोली साँझसम्ममा वाटमोरको नेपाल आगमनको यकिन मिती तय हुने प्याकुरेलको भनाई छ । नेपाल क्रिकेट संघ क्यानले अन्तराष्ट्रिय बिज्ञापन आब्हान गरी टोलीको मुख्य प्रशिक्षकमा वाटमोरलाई नियुक्त गरेको थियो । सो पदमा परेका ७२ निवेदनबाट आवश्यक प्रक्रिया पुरा गरी वाटमोरलाई सो जिम्मेबारी प्रदान गरिएको हो । वाटमोर नेपाल आउने अहिलेसम्मकै ‘हाईप्रोफाइल’ प्रशिक्षक हुन् ।
उनैको प्रशिक्षणमा नेपालले आसन्न लिग टु अन्तर्गत ओमान र अमेरिकासंगको त्रिकोाणात्मक सिरिज खेल्नेछ । त्यस्तै टी–२० विश्वकपको ग्लोबल छनोटका साथै अन्य क्षेत्रीय र अन्तराष्ट्रिय सिरिजमा सहभागीता जनाउनेछ ।
वाटमोरको प्रशिक्षणमा श्रीलंकाले विश्वकप जितेको थियो । उनकै नेतृत्वमा बंगलादेशले अष्ट्रेलियाबिरुद्धको वन डे क्रिकेटमा ऐतिहासिक जित निकालेको थियो ।

मुख्य प्रशिक्षक वाटमोर

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?