Logo

वाटफोर्टको पोष्टमा म्यानचेष्टर सिटिको ८ गोल, बर्नाण्डोको ह्याट्रिक

ई-खेलकुद २०७६ असोज ५ , आईतबार ०८:०९ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्ला खेलमा म्यानचेष्टर सिटि, लेष्टर सिटि, बर्नली र सिफिल्ड युनाईटेड विजयी भएका छन् । सिटिले वाटफोर्टलाई ८–० को फराकिलो अन्तरले हराउदै शीर्ष स्थानको लिभरपुलसंगको अंकदुरी २ मा झारेको छ । घरेलु मैदानमा पहिलो हाफमा ५–० को अग्रता बनाएको सिटिले दोस्रो हाफमा ३ गोल गर्दै फराकिलो जित हात पारेको हो ।
उसको जितमा बर्नाण्डो सिल्भाले ह्याट्रिक गरे । थप गोल डेभिड सिल्भा, सर्जियो अगुईरो, रियाद महरेज, निकोलस ओटामेण्डी र केभिन डि ब्रुयेनले एक एक गोल गरे । ६ खेलबाट सिटिको १३ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल १५ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।
गएराती नै लेष्टर सिटिले टटनह्यामलाई २–१ ले हरायो । घरेलु मैदानमा १–० ले पछि परेको अवस्था उल्टाउदै लेष्टरले जित हात पारेको हो । २९ औ मिनेटमा हेरी केनले गोल गर्दै टटनह्यामलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्दै खेलमा फर्किएको लेष्टरले ६९ औ मिनेटमा बराबरी गोल गरेको थियो । रिकार्डो पेरिकाले लेष्टरलाई बराबरीमा पुर्याएका थिए । ८५ औ मिनेटमा जेम्स मेडिसनले गोल गर्दै टोलीलाई ३ अंक दिलाए ।
बर्नलीले नर्विचलाई तथा सिफिल्डले एभर्टनलाई समान २–० ले हराउदा न्यु क्यासल युनाईटेड र ब्राईटन एण्ड होभ एल्बियनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?