
काठमाण्डौ । नेपाल अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को वन डे वरियतामा एक स्थान तल झरेको छ । आईसीसीले आज सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औ स्थानमा रहेको छ । अघिल्लो वरियतामा नेपाल १७ औ स्थानमा थियो ।
वन डे मान्यता प्राप्त नेपाल पछिल्ला २ बर्षमा १४ औ बाट ४ स्थान तल पुगेको हो । नेपालले १९ रेटिङ अंक पाएको छ । चार बर्षका लागि एक दिवसीयको मान्यता पाएको नेपालले यो बिचमा नगन्य वन डे म्याच मात्र खेलेको छ ।
एक दिवसीयमा इंग्ल्याण्ड शीर्ष स्थानमा रहदा ईण्डिया दोस्रो र न्युजिल्याण्ड तेस्रो स्थानमा रहेका छन् ।
