Logo

वन डे क्रिकेटमा भानुआतुको किर्तिमानी जित, ५५ रनको योगफल पनि रक्षा

ई-खेलकुद २०७६ असोज ८ , बुधबार ०५:०९ मा प्रकाशित

एजेन्सी । वन डे क्रिकेटमा भानुआतुले किर्तिमानी जित हात पारेको छ । आज भएको खेलमा मलेसियालाई १३ रनले हराउदै भानुआतुले क्रिकेट ईतिहासकै दुर्लभ जित हात पारेको हो । एकदिवसीय क्रिकेटमा यो नै हालसम्मकै कम स्कोर पनि रक्षा गर्दै हात परेको जित हो । यसअघि एकदिवसीय क्रिकेटमा भारतले पाकिस्तानबिरुद्ध १ सय २६ रनको योगफल रक्षा गरेको थियो ।
विश्वकप क्रिकेट च्यालेन्ज लिग अन्र्तगत घरेलु टोलीबिरुद्ध ६५ रनमा अलआउट भएको भानुआतुले मलेसियालाई २१ दशमलब ४ ओभरमा ५२ रनमा समेट्दै ऐतिहासिक जित हात पारेको हो । नाटकिय खेलमा उसलाई जित दिलाउन प्याट्रिक माताउताभाले ५ तथा एपोलिनर स्टेफेनले ३ विकेट लिए ।
मलेसियाका अमिनुदिन राम्लीले २५ र नाजरिल रहमानले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेन्न ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको भानुआतु २५ दशमलव १ ओभरमा ६५ रनमा अलआउट भएको थियो । नालिन नापिकोले १२ रन बनाएको ईनिङसमा अन्य ३ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छोएका थिए । मलेसियाका प्रभानदिप सिंह र नाजरिल रहमानले समान ४ विकेट हात पारेका थिए । जारी लिगमा भानुआतुको यो पहिलो जित हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?