Logo

लेष्टर सिटि प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा, आर्सनल २–० ले पराजित

ई-खेलकुद २०७६ कात्तिक २४ , आईतबार ०७:११ मा प्रकाशित

एजेन्सी । लेष्टर सिटि ईङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा गएराती आर्सनललाई २–० ले हराउदै लेष्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लेष्टरले दुबै गोल दोस्रो हाफमा गर्दै सहज जित हात पारेको हो । खेलको ६८ औ मिनेटमा जेमी भर्डीले लेष्टरलाई अग्रता दिलाएका थिए । ७५ औ मिनेटमा जेम्स मेडिसनले गोल गर्दै टोलीको जित निशिचत पारेका थिए । समान बल पोजिशनको खेलमा आर्सनलले लेष्टरको पोष्टमा आक्रमण भने गर्न सकेन् । १२ खेलबाट २६ अंक जोडेको लेष्टरले समान अंक भएको चेल्सीलाई गोलअन्तरमा पछि पारेको हो । गएराती नै चेल्सीले क्रिष्टल प्यालेसलाई समान २–० ले स्त्ब्ध पार्यो । घरेलु मैदानमा टामी अब्राहाम र क्रिष्टियन पुलिसिचले गोल गर्दै चेलसीलाई सहज जित दिलाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले पनि दुबै गोल दोस्रो हाफमा गरेको थियो । यो जितसंगै चेल्सी र आर्सनलले शीर्ष स्थानको लिभरपुलसंगको दुरी ५ अंकमा झारेका छन् । तर लिभरपुलले दुबै भन्दा १ खेल कम खेलेको छ ।
गएराती नै टटनह्याम सिफिल्ड युनाईटेडसंग एक एकको बराबरीमा रोकिएको छ । सन ह्युङ मीनले ५८ औ मिनेटमा गोल गर्दै बनाएको अग्रता जोगाउन नसक्दा टटनह्याम अंक बा“ड्न बाध्य भयो । ७८ औ मिनेटमा जर्ज बाल्डोकले गोल गर्दै सिफिल्डको हार टारेका थिए । यो बराबरीले सिफिल्डलाई तालिकाको पाचौ स्थानमा पुर्याएको छ ।
अन्य खेलहरुमा वर्नलीले वेष्टह्यामलाई ३–० ले स्तब्ध पार्यो । एभर्टनले साउथ हेम्प्टनलाई तथा न्यु क्यासलले बर्नमाउथलाई समान २–१ ले पराजित गरेका छन् । प्रिमियर लिगमा आज बिभिन्न ३ खेल हुदैछन् । आज म्यानचेष्टर युनाईटेड र ब्राईटन एण्ड होभ एल्बियन, वोल्भरहेम्प्टन र एष्टन भिल्ला तथा लिभरपुल र म्यानचेष्टर सिटि आमने सामने हुनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?