Logo

लेष्टरलाई हराउदै चेल्सी तेस्रो स्थानमा

ई-खेलकुद २०७८ जेठ ५ , बुधबार ०९:०५ मा प्रकाशित

एजेन्सी । चेल्सी इङ्ग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा पुगेको छ । पछिल्लो खेलमा लेष्टर सिटीलाई २–१ गोल अन्तरले हराउदै चेल्सीले उसैलाई पछि पार्दै तेस्रो स्थानमा आईपुगेको हो । योसंगै चेल्सीले एफए कपको फाईनलमा भोगेका हारको बदला समेत लिएको छ । चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा घरेलु टोलीलाई जिताउन एन्टोनियो रुदिघर र जर्जिन्होले गोल गरे । लेष्टरका केलेची ईन्हान्चोले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७औँ मिनेटमा रुदिघरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई जर्जिन्होले जाली चुमाउदै टोलीको अग्रता दोब्बर पारे ।
७६औँ मिनेटमा इनहान्चोले गोल गर्दै लेष्टरको अन्तर घटाएका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।
जितसँगै चेल्सी ३७ खेलमा ६७ अङ्क जोड्दै शीर्ष तीनमा उक्लिएको छ । लेष्टर भने ६६ अङ्कका साथ चौथो स्थानमा झरेको छ । गएरातीनै प्रिमियर लिगको उपाधि विजेता म्यानचेस्टर सिटी ब्राइटन एण्ड होभ एल्बियनसंग पराजित भएको छ । ब्राईटनको मैदानमा भएको खेलमा सिटी ३–२ ले पराजित भएको हो । अर्को खेलमा म्यानचेस्टर युनाइटेड रेलिगेसनमा परेको टोली फुह्यामसँग बराबरीमा रोकिएको छ । युनाइटेड आफ्नै मैदान ओल्ड ट्राफोल्डमा फुलह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?