Logo

लुम्बिनी फाइनलमा, सुदुरपश्चिमले प्रदेश एकलाई हरायो

ई-खेलकुद २०७८ मंसीर १५ , बुधबार ०४:१२ मा प्रकाशित

काठमाडौं । लुम्बिनी प्रदेश १९ बर्ष मुनीको राष्ट्रिय क्रिकेट प्रतियोगीताको फाइनलमा प्रबेश गरेको छ । जारी प्रतियोगीतामा पाँचौ जित निकाल्दै लुम्बिनीले उपाधि यात्रा तय गरेको हो । आज भएको खेलमा प्रदेश २ लाई ९ विकेटले हराउदै उसले फाईनलमा स्थान पक्का गरेको हो । लुम्बिनी प्रतियोगीताको फाइनल पुग्ने पहिलो टोली हो ।
त्रिबि क्रिकेट मैदानमा प्रदेश २ ले दिएको १ सय ६९ रनको चुनौती लुम्बिनीले २६ दशमलव ५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । उसलाई सहजै जित दिलाउन आकाश त्रिपाठीले अविजित ६२ रन तथा कप्तान देव खनालले ५६ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले लुम्बिनीको एक विकेट लिए ।
यसअघि पहिला व्याटिङ गरेको प्रदेश दुइ ३९ दशमलब ५ ओभरमा १ सय ६८ रनमा समेटिएको थियो । सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाएको ईनिङसमा गुल्सन झाले ३२ र आदिल अन्सारीले २२ रन बनाए । लुम्बिनीका वासिर अहमदले ५ तथा विशाल विक्रम केसीले ३ विकेट लिए । राहुल चौधरीको नाममा २ विकेट रह्यो । प्रदेश दुईको यो तेस्रो हार हो । ५ खेलबाट ४ अंक जोडेको प्रदेश दुईको फाइनल प्रबेशको संभावना जिवितै छ । प्रदेश २ ले अन्तिम खेल भोली कर्णाली प्रदेशविरुद्ध खेल्नेछ ।
आजै भएको अर्को खेलमा सुदुरपश्चिमले प्रदेश एकलाई ६ विकेटले पराजित गर्यो । यो जितले उसको फाइनल प्रबेशको संभावना बलियो बनेको छ । ५ खेलबाट ६ अंकसहित सुदुरपश्चिम तालिकाका दोस्रो स्थानमा रहेको छ । प्रदेश एकले दिएको ९१ रनको लक्ष्य सुदुरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । सुदुरपश्चिमले समूहचरण्णको अन्तिम खेल भोली वागमती प्रदेशविरुद्ध खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?