Logo

लिलीले शानदार जित निकाल्दा पिएसजीको लज्जास्पद हार

ई-खेलकुद २०७७ फागुन १० , सोमबार ०६:०२ मा प्रकाशित

एजेन्सी । लिलीले फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा ३ अंकको अग्रता लिएको छ । २६ औ चरणको खेलमा गएराती लोरिएन्टलाई ४–१ गोल अन्तरले हराउदै लिलीले शीर्ष स्थानमा स्पष्ट अग्रता बनाएको हो । लोरिएन्टको मैदानमा पहिलो हाफमा २–१ को अग्रता बनाएको लिलीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो । जितसंगै २६ खेलबाट लिलीको ५८ अंक भएको छ । गएराती नै साविक विजेता पेरिस सेन्ट जर्मेन पिएसजी मोनाक्कोसंग २–० ले पराजित भयो । पीएसजीको मैदानमा मोनाक्कोलाई जिताउन सोफिने डियोप र गुईलेर्मो मारिपानले गोल गरे । यो जितसंगै मोनाक्कोले तेस्रो स्थानको पिएसजीसंगको दुरी छोट्याएको छ । २६ खेलबाट पिएसजीको ५४ अंक छ । समान खेलबाट मोनाक्को ५२ अंकमा तालिकाको चौथो स्थानमा बलियो बनेको छ ।
अन्य खेलहरुमा मोन्टपिल्लरले रेन्नेसलाई, लेन्सले डिजोनलाई तथा मेट्जले नाईसलाई समान २–१ गोल अन्तरले स्तब्ध पारे । बोर्डक्स भने निम्ससंग २–० ले पराजित भयो ।

फ्रेन्च लिग वान लिली

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?