
एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसी छैठौ पटक फिफा बर्ष खेलाडी घोषित भएका छन् । युभेन्टसका क्रिष्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाईजलाई पछि पार्दै मेसीले सो अवार्ड हात पारेका हुन् । ईटालीको रोममा गएराती बिशेष कार्यक्रममा मेसीलाई सो अवार्ड प्रदान गरिएको हो । यसअघि उनले २००९, १०, ११, १२ र २०१५ मा पनि यो अवार्ड हात पारेका थिए ।
महिला बर्ष खेलाडीको अवार्ड अमेरिकी मेगन रापिनोईले हात पारिन । उत्कृष्ट कोचको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले हात पार्दा उत्कृष्ट गोलकिपरको अवार्ड पनि लिभरपुलकै एलिसनले जिते ।
फिफाले टिम अफ दि ईयरको रुपमा ईङलिस क्लब म्यानचचेष्टर सिटिलाई सम्मान गरेको छ ।
