Logo

लिभरपुल र म्यान सिटीको बराबरी, आर्सनल पराजित

ई-खेलकुद २०७७ कात्तिक २४ , सोमबार ०६:११ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुल र म्यानचेष्टर सिटीले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा १–० ले पछि परेको अवस्था उल्टाउदै सिटीले अंक खोसेको हो । १३ औ मिनेटमा महम्मद सलाहले पेनाल्टिमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर उसको अग्रता लामो समय टिक्न सकेन् । ३१ औ मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई बराबरीमा पुर्याएका थिए ।
निक्कै प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बनेको थियो । यो बराबरीसंगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । ८ खेलबाट १७ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । सिटी १२ अंकमा तालिकाको १० औ स्थानमा उक्लिएको छ ।
गएराती नै एष्टन भिल्लाले आर्सनललाई ३–० ले पराजित गर्यो । आर्सनलको घरेलु मैदानमा बुकायो साकाले २५ औ मिनेटमा आत्माघाती गोल गरेपछि एष्टनले अग्रता बनाएको थियो । ओली वाटकिन्सले ७२ र ७५ ले गोल गर्दै एष्टनलाई शानदार जित दिलाए । जितसंगै एष्टन भिल्ला १५ अंकमा तालिकाको छैटौ स्थानमा उक्लिएको छ । ८ खेलबाट आर्सनलको १२ अंक छ ।
अन्य खेलहरुमा लेष्टर सिटीले वुल्भर हेम्प्टन र टटनह्यामले वेष्ट ब्रोमलाई समान १–० ले पराजित गरे ।

प्रिमियर लिग लिभरपुल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?