Logo

लिभरपुल म्यान सिटीसंग खेल्दै,आर्सनलपनि मैदान उत्रने

ई-खेलकुद २०७७ कात्तिक २३ , आईतबार ०४:११ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज महत्वपुर्ण ४ खेल हुदैछन् । आज डिफेण्डिङ च्याम्पियन लिभरपुल, म्यानचेष्टर सिटी, आर्सनल, लेष्टर सिटी लगायतका टोली मैदान उत्रनेछन् । दिनको पहिलो खेलमा पौने ७ बजे टटनह्यामले वेष्टब्रोमसंग प्रतिस्पर्धा गर्नेछ । वेष्टब्रोमलाई हराउन सके टटनह्याम केहि समयका लागि तालिकाको शीर्ष स्थानमा पुग्नेछ । दोस्रो खेलमा राती पौने ८ बजे लेष्टर सिटीले वुल्भरहेम्प्टनसंग खेल्नेछ । लेष्टरको जितले उसलाई पनि शीर्ष स्थानमा पुर्याउने छ ।
आजको तेस्रो खेलमा बलिया २ टोली डिफेन्डिङ च्याम्पियन लिभरपुल र म्यानचेस्टर सिटी आमने सामने हुनेछन् । सिटीको मैदानमा हुने खेल राती सवा १० बजे सुरु हुनेछ । सिटीलाई पराजित गर्न सके लिभरपुल शीर्ष स्थानमा पुग्नेछ । घरेलु मैदानमा लिभरपुललाई पराजित गर्न सके सिटी शीर्ष पाँचमा उक्लनेछ । आजको खेलमा सिटीका सर्जियो अगुएरो, बेन्जामिन मेन्डी र फेर्नाडिन्हो हुनेछैनन् । लिभरपुलका थियागो अलाकान्टराले पनि बेन्चमै रहनेछन् ।
दिनको अन्तिम खेलमा राती १ बजे आर्सनल र एष्टोन भिल्ला प्रतिस्पर्धा गर्नेछन् । यो खेल आर्सनलको मैदानमा हुनेछ । आर्सनल आर्सनल दसौं तथा एस्टोन भिल्ला नवौं स्थानमा छन ।

प्रिमियर लिग लिभरपुल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?