Logo

लिभरपुल टटनह्यामसंग पराजित

ई-खेलकुद २०७७ पुस २१ , मंगलबार ०६:०१ मा प्रकाशित

एजेन्सी । लिभरपुल ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा साउथ हेम्प्टनसंग पराजित भएको छ । साउथ हेम्प्टनको घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिभरपुल १–० ले पराजित भएको हो । खेलको दोस्रो मिनेटमै डानी ईग्सले गरेको गोल साउथहेम्प्टनको जितमा निर्णायक बनेको थियो । ६७ प्रतिशत बल पोजिशनको खेलमा लिभरपुलका डेढ दर्जन प्रयास खेर जाँदा हार भोग्न बाध्य भयो ।
जारी सिजनको लिगमा लिभपुलको यो दोस्रो हार हो । १७ खेलबाट ३३ अंक जोडेको लिभरपुल हारका बाबजुत पनि तालिकाको शीर्ष स्थानमा कायम छ । म्यानचेष्टर युनाईटेडसंग समान अंक भएपनि गोलअन्तरमा लिभरपुल अघि रहेको हो । यद्यपी म्यान युनाईटेडले एक खेल कम खेलेको छ ।

प्रिमियर लिग लिभरपुल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?