Logo

लिभरपुल, चेल्सी र म्यानचेष्टर युनाईटेड इएफएल कपको चौथो चरणमा

ई-खेलकुद २०७६ असोज ९ , बिहीबार ०९:०९ मा प्रकाशित

एजेन्सी । लिभरपुल, चेल्सी र म्यानचेस्टर यनाइटेड इङलिस लिग कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । इङलिस प्रेमियरसिपको शीर्ष स्थानमा रहेको लिभरपुलले मिल्टन किनेस डन्सलाई २–० ले हराउदै चौथो चरणमा आर्सनलसगको भेट पक्का गरेको हो । चेल्सीले गएरातिको खेलमा ग्रिम्सबीलाई ७–१ ले हरायो । त्यस्तै म्यानचेस्टर युनाइटेडले रकडेललाई पेनालटी शुटआउटमा ५–३ ले हराउदै अन्तिम १६ मा स्थान बनायो । निर्धारित समयमा दुबैले १–१ गोलको बराबरी खेलेका थिए । त्यस्तै वक्सफोर्ड युनाइटेड, एस्टन भिल्लापनि अघिल्लो चरण प्रवेश गरेका छन् ।
चौथो चरणमा लिभरपुलले आर्सनल, म्यानचेष्टर युनाइटेडले चेल्सी, म्यानचेष्टर सिटीले साउथ ह्याम्पटन, लेष्टर सिटीले बर्टनलाई, एभर्टनले वार्टफोर्ड, एष्टन भिल्लाले वोल्भ्सलाई, क्राउली टाउनले कोचेष्टर र वक्सफोर्ड युनाइटेडले सण्डरल्याण्डलाई प्रतिद्वन्द्वी पाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?