Logo

लिभरपुलले म्यान युनाईटेडलाई हरायो

ई-खेलकुद २०७८ वैशाख ३१ , शुक्रबार ०८:०५ मा प्रकाशित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा लिभरपुल विजयी भएको छ । म्यानचेष्टर युनाईटेडलाई ४–२ गोल अन्तरले हराउदै लिभरपुलले च्याम्पियन्स लिगमा छनोट हुने संभावना कायमै राखेको छ । युनाईटेडको मैदान ओल्ड ट्राफोडमा लिभरपुललाई पुनरागमन जित दिलाउन रोबर्टो फिरिमिनोले २ तथा डिएगो जोटा, महम्मद सलाहले एक एक गोल गरे ।
खेलको १० औ मिनेटमा ब्रुर्नो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा फिरिमिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । दोस्रो हाफको देस्रो मिनेटमा फिरिमिनोले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–१ को अवस्थामा पुग्यो । ६८औँ मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै घरेलु टोलीको अन्तर घटाएका थिए । खेलको ९०औँ मिनेटमा मोहम्मद सालाहले गोल गरेपछि लिभरपुल ४–२ गोल अन्तरले विजयी बन्यो । जितसँगै पाँचौँ स्थानको लिभरपुलले ३५ खेलमा ६० अङ्क जोडेको छ । उसले च्याम्पियन्स लिगमा छनोट हुने आशा कायमै राखेको हो । युनाइटेड भने दोस्रो स्थानमा छ । ३६ खेलबाट खेलेको उसँग ७० अङ्क छ । गएरातीनै एष्टनभिल्ला र एभर्टनले गोलरहित बरारबी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?