
लिभरपुलले प्रिमियर लिग फुटबलमा दोस्रो जित निकालेको छ । आज भएको खेलमा साउथ हेम्प्टनलाई २–१ गेल अन्तरले हराउदै लिभरपुलले सिजनको दोस्रो खेलमा पनि आफु अनुकुलको नतिजा निकालेको हो । उसको जितमा सादियो माने र रोबर्टो फिरिमिनोले एक एक गोल गरे । साउथ हेम्प्टनका डानी ईङसले सान्त्वना गोल फर्काए ।
पहिलो हाफको ईन्ज्युरी समयमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७१ औ मिनेटमा फिरिमिनोले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । साउथ हेम्प्टनका लागि डानीले ८३ औ मिनेटमा गोल फर्काए ।
६३ प्रतिशत बल पोजिशनको खेलमा आर्सनलले केहि अवसर सदुपयोग गर्न सकेन । बलमाथी नियन्त्रण जमाउन नसकेपनि साउथ हेम्प्टनले काउन्टर मुभको सृजना भने निक्कै गरेको थियो ।
आजै भएका खेलमा नर्विचले न्यु क्यासललाई ३–१ ले हराउदा, एभर्टनले वाटफोर्टलाई १–० ले स्तब्ध पार्यो । एष्टन भिल्ला बर्नमाउथसंग २–१ ले पराजित भयो । अर्को खेलमा बेष्ट ह्याम र ब्राईटन एण्ड होभ एल्बियनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।
