
एजेन्सी । ईङलिश क्लब लिभरपुलले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । कतारमा गएराती भएको फाईनलमा ब्राजिलियन क्लब फ्लामेङगोलाई १–० ले हराउदै लिभिरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि हात पारेको हो । खलिफा स्टेडियममा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपनि अतिरिक्त समयमा रोबर्टो फिरिमिनोले गोल गर्दै लिभरपुललाई ऐतिहासिक उपाधि दिलाएका हुन् । बल पोजिशनमा पकड बनाएपनि ब्राजिलियन क्लबले गोल गर्ने अवसरको सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो ।
लिभरपुल फिफा क्लब विश्वकपको उपाधि जित्ने दोस्रो ईङलिश क्लब बनेको छ । यसअघि सन् २००८ मा ईङलिश क्लब म्यानचेष्टर युनाईटेडले क्लब विश्वकप फुटबलको उपाधि हात पारेको थियो ।
