Logo

लिभरपुलले अपराजित यात्रा कायम राख्दा, युनाईटेडको हार

ई-खेलकुद २०७६ भदौ ८ , आईतबार ०६:०८ मा प्रकाशित

एजेन्सी । लिभरपुलले ईङलिस प्रिमियर लिग फुटबलमा अपराजित यात्रालाई तेस्रो खेलमा पनि जारी राखेको छ । आर्सनललाई ३–१ ले हराउदै लिभरपुलले तेस्रो खेलमा पनि जितको श्रृखला जारी राखेको हो । लिभरपुलको जितमा महम्मद सलाहले २ तथा जोएल माटिपले एक गोल गरे । आर्सनलका लुकास टोरेईराले सान्त्वना गोल फर्काए ।

४१ औ मिनेटमा माटिपको गोलबाट अग्रता बनाएको लिभरपुलले ४९ औ मिनेटमा अग्रता दोब्बर पारेको थियो । सलाहले पेनाल्टिमार्फत गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए । ५८ औ मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो गोल गर्दा टोली ३–० ले अघि रह्यो । ४७ प्रतिशत बल पोजिशन बनाएको आर्सनलले ८५ औ मिनेटमा सान्त्वना गोल फर्काएको थियो । लिभरपुलको ३ खेलबाट ९ अंक भएको छ । समान खेलबाट आर्सनल ६ अंकमा दोस्रो स्थानमा छ ।
गएराती नै लेष्ठटर सिटिले सिफिल्ड युनाईटेडलाई २–१ ले हराउदा, वेष्टह्यामले वाटफोर्टलाई ३–१ ले स्तब्ध पार्यो । साउथ हेम्प्टनले ब्राईटन एण्ड होभ एल्बियनलाई २–० ले हराउदा म्यानचेष्टर युनाईटेड क्रिष्टल प्यालेससंग २–१ ले पराजित भयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?