Logo

लिभरपुललाई सिजनको १८ औ जित, म्यान सिटि र चेल्सीलाई पनि सफलता

ई-खेलकुद २०७६ पुस १४ , सोमबार ०७:१२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको उपाधि यात्रामा एकल दाबेदारी प्रस्तुत गरेको लिभरपुलले सिजनको अपराजित यात्रालाई १९ औ चरणमा पनि जारी राखेको छ । बर्षको अन्तिम खेलमा गएराती वोल्भरहेम्प्टनलाई १–० ले हराउदै लिभरपुलले दोस्रो स्थानको लेष्टर सिटिसंगको अंक दुरी फराकिलो पारेको हो । १९ खेलबाट लिभरपुलको ५५ र एक खेल बढि खेलेको लेष्टरको ४२ अंक भएको छ । एन्फिल्डमा लिभरपुललाई साँघुरो जित दिलाउन ४२ औ मिनेटमा सादियो मानेले गरेको गोल निर्णायक बन्यो । ६३ प्रतिशत बल पोजिशनको खेलमा लिभरपुलले थप केहि अवसरको सृजना गरेपनि त्यसको सदुपयोग गर्न सकेन् ।
गएराती नै चेल्सीले आर्सनललाई २–१ ले तथा म्यानचेष्टर सिटिले सिफिल्ड युनाईटेडलाई २–० ले स्तब्ध पारे । आर्सनलबिरुद्ध खेलको पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले दोस्रो हाफको अन्तिम ७ मिनेटभित्र २ गोल गर्दै जित हात पारेको हो । पिरे एमेरिक आबुमियाङले १३ औ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समय सम्हालिन नसक्दा आर्सनल पराजित भएको हो । ८३ औ मिनेटमा जर्जिन्होले चेल्सीलाई बराबरीमा पुर्याएका थिए । त्यसको ४ मिनेटपछि टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । जितका बावजुत चेल्सी ३५ अंकमा तालिकाको चौथो स्थानमा यथावत रहेको छ ।
सिजनको १३ औ जित निकाल्ने क्रममा म्यानचेष्टर सिटिले सिफिल्ड युनाईटेडलाई २–० ले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटिले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५२ औ मिनेटमा सर्जियो अगुईरोको गोलबाट अग्रता बनाएको सिटिका लागि केभिन डि ब्रुयेनले ८२ औ मिनेटमा गोल थपेका थिए । २० खेलबाट ४१ अंक जोडेको सिटि तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?