Logo

लिभरपुललाई शीर्ष स्थानमा उक्लने अवसर

ई-खेलकुद २०७७ मंसीर १३ , शनिबार ०४:११ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न चार खेल हुदैछन् । १० औ चरणको प्रतिस्पर्धामा आज ८ टोली प्रतिस्पर्धामा उत्रन लागेका हुन् । दिनको पहिलो खेलमा नेपाली समयानुसार साँझ सवा ६ बजे लिभरपुलले ब्राईटन एण्ड होभ एल्बियनसंग खेल्नेछ । ब्राईटनको मैदानमा हुने खेलमा साविक विजेता लिभरपुल स्पष्ट जित निकाल्दै शीर्ष स्थानमा पुग्ने योजनामा रहेको छ । ९ खेलबाट २० अंक जोडेको लिभरपुल समान अंक भएको टटनह्यामभन्दा गोल अन्तरमा पछि छ ।
ब्राईटन भने घरेलु मैदानमा बलियो टोली लिभरपुललाई हराउदै तालिकामा सुधार गर्ने दाउमा छ । समान खेलबाट ९ अंक जोडेको ब्रार्यटन तालिकाको १६ औ स्थानमा छ । पछिल्ला ८ भेटमा लिभरपुललाई हराउन नसकेको ब्राईटन आज खराब किर्तिमान तोड्ने प्रयासमा रहेको छ ।
आजै राती म्यानचेस्टर सिटीले बर्नलीसंग खेल्नेछ । यी दुई टोलीबिचको प्रतिस्पर्धा राती पौने ९ बजे सुरु हुनेछ । अन्य खेलहरुमा एभर्टन र लिड्स युनाईटेड तथा सेफिल्ड र वेष्टब्रोम पनि आमने सामने हुनेछन् ।

 

प्रिमियर लिग लिभरपुल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?