
एजेन्सी । लिभरपुल, म्यानचेष्टर युनाईटेड र एष्टन भिल्ला काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेका छन् । गएराती भएका खेलमा लिभरपुलले आर्सनललाई पेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले स्तब्ध पार्यो । निर्धारित समयको खेल ५–५ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट खेलको निर्णय लिईएको थियो । जसमा लिभरपुल भाग्यमानी बन्यो । गोलरक्षक कोईहिन केल्लेहरले डानी सेवाल्लोसको प्रहार रोक्दै टोलीलाई क्वार्टरफाइनलसम्म पुर्याएका हुन् ।
म्यानचेष्टर युनाईटेडले चेल्सीलाई २–१ ले हरायो । उसको जितमा दुबै गोल मार्कोस रासफोर्डले गरे । २५ औ मिनेटमा पेनाल्टि सुटआउटमा गोल गर्दै रासफोर्डले युनाईटेडलाई अग्रता दिलाएका थिए । उनैले ७३ औ मिनेटमा गोल थप्दै टोलीलाई जित दिलाए । मिसी बात्सुआईले आर्सनलका लागि गोल गरेका थिए ।
गएराती नै एष्टन भिल्लाले वोल्भरहेम्प्टनलाई २–१ ले हराउदै अन्तिम आठको यात्रा तय गरेको छ । ७१ प्रतिशत बल पोजिशनको खेलमा एभर्टनले २८ औ मिनेटमा अग्रता बनाएको थियो । अनवर अल घाजीले एभर्टनका लागि पहिलो गोल गरेका थिए । अहमद एल्मोहामादीले दोस्रो हाफमा गोल गर्दै टोलीको जित निश्चित पारेका थिए । ५४ औ मिनेटमा गोल गरेपनि वोल्भरहेम्प्टनले थप गोल गर्न नसक्दा चौथो चरणबाटै घर फर्किएको हो ।
