
एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले आफ्नो अपराजित यात्रालाई २० औ चरणमा पनि जारी राखेको छ । पछिल्लो खेलमा गएराती सिफिल्ड युनाईटेडलाई २–० ले हराउदै लिभरपुलले दोस्रो स्थानमा लेष्टर सिटिसंगको १३ अंकको अग्रता बनाएको छ ।
घरेलु मैदानमा खेलको चौथो मिनेटमा महम्मद सलाहाको गोलबाट अग्रता बनाएको लिभरपुलका लागि ६४ औ मिनेटमा सादियो मानेले अर्को गोल गरेका थिए । २० खेलबाट ५८ अंक बनाएको लिभरपुलले नयाँ बर्षको सुरुवात पनि सुखद गरेको हो । अघिल्लो बर्षभरी पनि उ अपराजित रहेको थियो ।
सिफिल्ड युनाईटेड २९ अंकमा तालिकाको आठौ स्थानमा छ ।
