Logo

लिभरपुलको अपराजित यात्रा जारी, चेल्सी र म्यान सिटिपनि बिजयी

ई-खेलकुद २०७६ असोज १२ , आईतबार ०८:०९ मा प्रकाशित

एजेन्सी । लिभरपुलले ईङलिस प्रिमियर लिगमा जितको श्रृखलालाई सातौ खेलमा पनि निरन्तरता दिएको छ । पछिल्लो खेलमा गएराती सिफिल्ड युनाईटेडलाई १–० ले हराउदै लिभरपुलले शीर्ष स्थानमा बलियो पकड बनाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७० औ मिनेटमा जर्जिन्हो विज्नाल्डमले निर्णायक गोल गरे । ७० प्रतिशत बल पोजिशनको खेलमा लिभरपुलका आधा दर्जन थप प्रयास भने असफल भएका थिए । ७ खेलबाट २१ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटिसंगको दुरी ५ अंकमा कायम राखेको छ ।
गएरातीनै सिटिले एभर्टनलाई ३–१ ले हरायो । पाँचौ जित निकाल्ने क्रममा उसका ग्राबियल जिसस, रियाज महारेज र राहिम स्टर्लिङले गोल गरे । ७ खेलबाट १६ अंक जोडेको सिटि तालिकाको दोस्रो स्थानमा यथावत छ ।
अन्य खेलहरुमा चेल्सीले ब्राईटन एण्ड होभ एल्बियनलाई, क्रिष्टल प्यालेसले नर्विचलाई तथा वोल्भर हेम्प्टनले वाटफोर्टलाई समान २–० ले पराजित गरे । टटनह्यामले साउथ हेम्प्टनलाई २–१ ले हराउदा अन्य २ खेल भने बराबरीमा सकिएका छन् ।
एष्टन भिल्ला र बर्नली तथा बर्नमाउथ र वेष्टह्यामले २–२ को बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?