Logo

लिड्सलाई हराउदै टटनह्याम शीर्ष तीनमा

ई-खेलकुद २०७७ पुस १८ , शनिबार ०८:०१ मा प्रकाशित

एजेन्सी । टटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीनमा पुगेको छ । १६ औ चरणको खेलमा लिड्स युनाईटेडलाई ३–० ले हराउदै टटनह्याम तालिकाको तेस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा टटनह्यामलाई सहज जित दिलाउन ह्यारी केन, सन ह्युङ मिन र टोबी एल्डरवायर्ल्डले गोल गरे ।

पहिलो हाफमा १–० को अग्रता बनाएको टटनह्यामले दोस्रो हाफमा २ गोल गर्दै शानदार जित निकालेको हो । २९ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा मीनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ५० औं मिनेटमा टोबीले गोल गर्दै टटनह्यामलाई सहज जित दिलाए । खेलको अन्तिम केहि समय टोटेनहम १० खेलाडीमा समेटिएको थियो । म्याट दोहेर्टी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको केहि समय टटनह्याम १० खेलाडीमा सिमित बन्यो ।
१६ खेलबाट टटनह्यामको २९ अंक भएको छ । लेष्टरसंग समान अंक भएपछि टटनह्याम गोल अन्तरमा अघि रहदै शीर्ष तीनमा पुगेको हो । प्रिमियर लिग फुटबलमा आज थप तीन खेल हुदैछन् । आजै क्रिष्टल प्यालेस र सेफिल्ड युनाईटेड, ब्राईटन एण्ड होभ एल्बियन र वुल्भरहेम्प्टन तथा आर्सनल र वेष्टब्रोम प्रतिस्पर्धा गर्नेछन् ।

टटनह्याम प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?