Logo

लिग २ क्रिकेट प्रतियोगितामा आज ओमान र स्कटल्याण्ड भिड्दै

ई-खेलकुद २०७६ साउन ३० , बिहीबार ०५:०८ मा प्रकाशित

साउन ३०, एजेन्सी । 

भारतमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत लिग २ प्रतियोगिता अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज ओमान र स्कटल्याण्डबिच प्रतिस्पर्धा हुदैछ । ओमान र स्कटल्याण्डबिचको खेल मोनोफिल्डपार्कमा नेपाली समयानुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । पहिलो खेलमा हिजो पपुवा न्यु गीनीलाई हराएको ओमान दोस्रो खेलमा आयोजकलाई पनि स्तब्ध पार्दै जितको श्रृखला जारी राख्ने योजनामा रहेको छ । स्कटल्याण्डपनि ओमानलाई हराउदै सिरिजमा सुखद सुरुवातको योजनामा छ । 

नेपालसहित ७ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्ने लिग २ प्रतियोगितामा नेपालले भने आगामी फेब्रुअरी ५ देखी १२ सम्म अमेरिका र ओमानसंग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ । प्रतियोगीतामा २१ त्रिकोणात्मक सिरिजमा कुल १ सय २६ खेल हुनेछन् । हरेक मुलुकले होम एण्ड अवे गरी साडे २ बर्षमा ३६ खेल खेल्नेछन् । तालिकाको शीर्ष ३ स्थानमा रहने टोलीले वन डे विश्वकपको छनोटमा प्रबेश गर्नेछन् । पुछारका ४ टोलीले प्लेअफ खेल्नुपर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?