Logo

लिग टु क्रिकेटमा स्कटल्याण्डको पहिलो जित

ई-खेलकुद २०७६ भदौ १ , आईतबार ०६:०८ मा प्रकाशित

एजेन्सी । भारतमा सन् २०२३ मा हुने वन डे विश्वकप छनोट अन्तर्गत लिग टु को खेल मा स्कटल्याण्डले पहिलो जित हात पारेको छ । गएराती भएको खेलमा पपुवा न्यु गीनी पिएनजीलाई ३ विकेटले हराउदै स्कटल्याण्डले तालिकामा अंक जोडेको हो । पिएनजीले दिएको २ सय ६ रनको चुनौती उसले ७ बल अगावै ७ विकेट गुमाएर भेट्टायो । कप्तान काएल कोएटजरले ९६ र कालुम म्याकलिओडले ३६ रन बनाउदै टोलीलाई जित दिलाए ।
पिएनजीका असद भाला र नोसाईना पोकानाले समान ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको पपुवा न्यु गीनीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ५ रनको सामान्य योगफल तयार पारेको थियो । टोनी उराले सर्बाधिक ४६ रन बनाएको ईनिङसमा कप्तान असद भालाले ३६, चाल्र्स एमिनीले ३२ र किप्लिङ डोरिगाले अबिजित ३९ रन जोडे ।
स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा माईकल लिस्कले ३ विकेट चट्काए ।
लिग टु को चौथो खेलमा आज स्कटल्याण्ड र ओमानबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?