
एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत लिग टु को खेलमा स्टकटल्याण्डले पपुवा न्यु गीनी पीएनजीलाई पराजित गरेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा ३८ रनको जित निकाल्दै स्कटल्याण्ड ६ अंकमा तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ । २ सय ४३ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।
कप्तान असद भालाले ४८ र दामिन राभुले ३८ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । लेगा सैकाले ३३ रन बनाए । स्कटल्याण्डका मार्क वाटले २ विकेट लिए ।
यसअघि मान्नोफिल्ड पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा ७ विकट गुमाएर २ सय ४२ रनको मध्यम योगफल तयार पारेको थियो । रिची बिरिङटोनले सर्बाधिक ८१ रन बनाएको स्कटल्याण्डका लागि कप्तान काएल कोएटजरले ६२ रनको योगदान गरे ।
पीएनजीका चाद सोपर र नोसैना पाकानाले समान २ विकेट लिए । पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज ओमान र पीएनजीबिच प्रतिस्पर्धा हुनेछ ।
