Logo

लिग टु क्रिकेटमा पीएनजीविरुद्ध ओमानको सहज जित

ई-खेलकुद २०७६ भदौ ५ , बिहीबार ०६:०८ मा प्रकाशित

एजेन्सी । ओमानले लिग टु क्रिकेटमा तेस्रो जित हात पारेको छ । गएराती भएको खेलमा पपुवा न्यु गीनी पीएनजीलाई ४ विकेटले हराउदै ओमानले पहिलो त्रिकोणात्मक सिरिजमा तेस्रो जित हात पारेको छ । आयोजक स्कटल्याण्ड र ओमान समान ६ अंकमा क्रमश तालिकाको शीर्ष र दोस्रो स्थानमा छन् ।
पपुवा न्यु गीनीले दिएको २ सय ७ रनको सामान्य चुनौती ओमानले १४ बल अगावै ६ विकेट गुमाएर भेट्टायो । एक्वीव ईल्यासले ६३, सुरज कुमारले अबिजित ३५ र खाबर अलीले ३२ रन बनाउदै टोलीलाई सहज जित दिलाए ।
पीएनजीका चाल्र्स एमिनीले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ६ रनको सामान्य योगफल तयार पारेको थियो । टोली उराले सर्बाधिक ३४ रन बनाएको उसको ईनिङसमा हिरी हिरीले ३१ र चाद सोपरले २९ रन बनाए । ओमानका जय ओडेड्राले ४ विकेट हात पारे ।
पहिलो त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गीनी चारै खेलमा पराजित भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?