Logo

लिग टु क्रिकेटमा आज स्कटल्याण्ड र पीएनजी भिड्दै

ई-खेलकुद २०७६ साउन ३२ , शनिबार ०९:०८ मा प्रकाशित

– आसन्न एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्र्गत लिग टुको खेलमा आज स्कटल्याण्ड र पपुवा न्यु गीनी पीएनजीबिच प्रतिस्पर्धा हुदैछ । स्कटल्याण्डको मान्नोफिल्ड पार्क क्रिकेट मैदानमा अपरान्ह पौने ४ बजे मैदान उत्रदा दुबै टोली पहिलो जितको खोजीमा रहनेछन् ।

पहिलो त्रिकोणात्मक सिरिजका सुरुवाती दुई खेलमा ओमानसंग पराजित भएका दुबै टोली आज जित हात पार्दै तालिकामा अंक जोड्न चाहान्छन् । पहिलो खेलमा कमजोर प्रर्दशन गरेको आयोजक, त्यसलाई सुधार गर्दै पीएनजीबिरुद्ध लय समाउने योजनामा छ ।
नेपाल सहित ७ एसोसिएट राष्ट्रले खेल्ने लिग टु प्रतियोगिताको पहिलो खेलमा नेपालले आगामी फेब्रअरीमा ओमान र अमेरिकासंग प्रतिस्पर्धा गर्दै यात्रा सुरु गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?