
एजेन्सी । एकदिवसीय विश्वकप अन्तर्गत लिग टु को चौथो खेलमा स्कटल्याण्डले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा ओमानलाई ८५ रनले हराउदै स्कटल्याण्डले यसअघि भोगको हारको बदला समेत लिएको छ ।
स्कटल्याण्डले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको ओमान ३८ दशमलव २ ओभरमा १ सय ३८ रनमा समेटिएपछि स्कटल्याण्डले फराकिलो जित हात पारेको हो । एक्वीब ईल्यासले ४५ र सन्दिप गौडले ३२ रन बनाएपनि ओमानका अन्य ब्याट्सम्यानले उल्लेख्य ब्याटिङ गर्न नसक्दा सिरिजमा पहिलो हार भोग्न बाध्य भयो । स्कटल्याण्डका हाम्जा ताहिरले ५ तथा साफयान सरिफले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय २३ रनको सामान्य योगफल तयार पारेको थियो । उसको जितमा रिची ब्रिङटोनले सर्बाधिक ६८ र म्याथु क्रसले ५९ रनको योगदान गरे । क्रिग वालेन्सले अबिजित ५३ रन बनाए ।
ओमानका बिलाल खान, खाबर अली र अजय लालचेताले समान २ विकेट लिए ।
जितसंगै स्कटल्याण्ड ४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
