Logo

ला–लिगा फुटबलमा रियलको विजयी सुरुवात

ई-खेलकुद २०७६ भदौ १ , आईतबार ०७:०८ मा प्रकाशित

एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा सेल्टा डि भिगोलाई ३–१ ले हराउदै मड्रिडले सिजनको सुखद सुरुवात गरेको हो । सेल्टाको मैदानमा १० खेलाडी सिमित भएपनि रियलले सहज जित हात पारेको थियो । रियलको जितमा करिम बेन्जिमा, टोनि क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाको इकर लोसडाले एक गोल फर्काए । खेलको १२ औं मिनेटमा बेन्जिमाको गोलबाट अग्रता बनाएको रियल ५६ औ मिनेटमा १० खेलाडीमा सिमित बनेको थियो ।

लुका मोड्रिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय रियल १० खेलाडीमा सिमित बनेको थियो । ६१ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २–० को अवस्थामा पुर्याए । ८० औं मिनेटमा भास्क्वेजले गोल गरेपछि रियलको जित निश्चित बनेको थियो । इन्ज्युरी समयमा लोसडाले सेल्टाका लागि सान्त्वना गोल फर्काएका थिए ।
अन्य खेलहरुमा ओसासुना र माल्र्लाेका विजयी भए । लेगानेसलाई १–० ले हराउदै नव प्रबेशी ओसासुनाले सिजनको सुखद सुरुवात गरेको हो । अर्को नवप्रबेशी टोली माल्र्लोकाले आईबरलाई २–१ ले स्तब्ध पार्दा भ्यालेन्सीया र रियल सोसिडाडले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।
भियारियल भने ग्रानाडासंग ४–४ को बराबरीम रोकियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?