Logo

ला लिगा फुटबलमा रियलको जित, बार्सा बराबरीमा रोकियो

ई-खेलकुद २०७६ पुस २० , आईतबार ०८:०१ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा रियल मड्रिड, भ्यालेन्सीया र एट्लेटिको मड्रिड विजयी भएका छन् । बार्सिलोना भने पुछारको टोली स्पोनियोलसंग २–२ को बराबरीमा रोकिएको छ ।
गेटाफेलाई ३–० ले हराउदै रियल मड्रिडले शीर्ष स्थानको बार्सासंग अंक बराबरी गरेको छ । राफायल भरानेले २ तथा लुका मोड्रिकले एक गोल गर्दै रियललाई सहज जित दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा २ गोल थपेका थिए । १९ खेलबाट ४० अंक जोडेको रियल मड्रिड समान अंक भएपनि गोलअन्तरमा शीर्ष स्थानको बार्सिलोना भन्दा पछि परेको हो ।
गएराती नै १० खेलाडीमा सिमित बनेको बार्सिलोना तालिकाको पुछारमा रहेको स्पानियोलसंग २–२ को बराबरीमा रोकिएको छ । २३ औ मिनेटमा डेभिड लोपेजको गोलबाट स्पनियोलले अग्रता बनाएपनि ५० औ मिनेटमा लुईस स्वरेजले बार्सालाई बराबरीमा पुर्याएका थिए । ५९ औ मिनेटमा अर्तुरो भिडालले गोल गर्दै बार्सालाई २–१ को अवस्थामा पुर्याएपनि स्पानियोलले ८८ औ मिनेटमा खेल बराबरीमा ल्याएको थियो । ७५ औ मिनेटमा फ्रेङकी डी जोङ दोहोरो पहेॅलो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सा १० खेलाडीमा सिमित भएको थियो ।
लेभान्तेलाई २–१ ले हराएको एट्लेटिको मड्रिड ३५ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लदा सिजनको आठौ जित निकालेको भ्यालेन्सीया छैठौ स्थानमा पुगेको छ । भ्यालेन्सीयाले १९ औ चरणको खेलमा आईबरमाथी १–० को संर्घषपुर्ण जित निकाल्यो । १९ खेलबाट उसको ३१ अंक भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?