
एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना र रियल बेटिस बिजयी भएका छन् । ग्रानाडा र रियल भल्लाडोलिडले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । भियारियललाई २–१ ले हराउदै बार्सा तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
उसको जितमा एन्टोनियो ग्रीजम्यान र अर्तुर भिडालले एक एक गोल गरे । सेन्टी क्याजोलाले भियारियलका लागि सान्त्वना गोल फर्काए । घरेलु मैदानमा ५७ प्रतिशत बल पोजिशन बनाएपनि दोस्रो हाफमा बार्साले निक्कै दबाव खेपेको थियो । चोटका कारण मुख्य स्टाईकर लियोनल मेसीले दोस्रो हाफमा मैदान छाडेका थिए । ६ खेलबाट बार्सिलोनाको १० रभियारियलको ८ अंक भएको छ ।
गएरातीलै रियल बेटिसले लेभान्तेलाई ३–१ ले स्तब्ध पार्यो । यो जितले रियल बेटिसलाई तालिकाको नवौ स्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक जोडेको बेटिस गोलअन्तरमा भियारियलभन्दा पछि परेको हो ।
