Logo

ला–लिगा फुटबलमा बार्सिलोनाको सहज जित

ई-खेलकुद २०७६ पुस ६ , आईतबार ०७:१२ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग ३ अंकको दुरी कायम गरेको छ । पछिल्लो खेलमा गएराती डिर्पोर्टिभो अलाभेषलाई ४–१ ले हराउदै बार्साले रियलसंग ३ अंकको अग्रता बनाएको हो । यद्यपी रियलले बार्सा भन्दा एक खेल कम खेलेको छ । अलाभेषबिरुद्ध सहज जित निकाल्न एन्टोनियो ग्रीजमन, अर्तुरो भिडाल, लियोनल मेसी र लुईस स्वरेजले एक एक गोल गरे । १८ खेलबाट ३९ अंक जोडेको बार्सा तालिकाको शीर्ष स्थानमा कायम छ ।
गएराती नै सेभियाले मायोरकालाई २–० ले हरायो । भियारियलले गेटाफेलाई १–० ले हराउदा रियल भल्लाडोलिड र भ्यालेन्सीयाले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?