
एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा बार्सिलोना, रियल मड्रिड र भियारियल विजयी भएका छन् । सिजनको दोस्रो जित निकाल्ने क्रममा बार्साले भ्यालेन्सीयालाई ५–२ ले हरायो । लुईस स्वरेजले २ तथा जेरार्ड पीके, अंशु फाटि र फ्रेन्कि डि जोङले एक एक गोल गरे । ६५ प्रतिशत बल पोजिशनको खेलमा बार्साका थप दर्जन प्रहार भने असफल बनेका थिए । ४ खेलबाट ७ अंक जोडेको बार्सा तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
गएराती नै रियल मड्रिडले लेभान्तेमाथी ३–२ को जित हात पार्यो । रियलको जितमा करिम बेन्जीमाले २ तथा कासिमिरोले १ गोल गरे । यो जितले उसलाई तालिकाको दोस्रो स्थानमा पुर्याएको छ ।
सिजनको पहिलो जित निकाल्ने क्रममा भियारियलले लेगानेशलाई ३–० ले हरायो । एट्लेटिको मड्रिड रियल सोसिडाडसंग २–० ले स्तब्ध भयो ।
