Logo

ला–लिगा फुटबलमा बार्साको चौथो जित

ई-खेलकुद २०७६ असोज १२ , आईतबार ०९:०९ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा बार्सिलोना, ग्रानाडा र भ्यालेन्सीया विजयी भएका छन् । गेटाफेलाई २–० ले हराउदै बार्सा तालिकाको चौथो स्थानमा उक्लिएको छ । लुईस स्वरेज र जुनियर फिर्पोले एक गोल गर्दै बार्सालाई सहज जित दिलाए । खेलमा अधिकांश समय गेटाफेबिरुद्ध दबाव बनाएको बार्साका आधा दर्जन थप प्रयास भने विफल बनेका थिए । ८२ औ मिनेटमा सेलेमेन्ट लेङग्लेट रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । ७ खेलबाट १३ अंक जोडेको बार्सिलोना शिर्ष स्थानको रियल मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।
गएराती नै शीर्ष स्थानको रियल र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लेगानेशलाई १–० ले हराएको ग्रानाडा तालिकाको दोस्रो स्थानमा उक्लदा, एथ्लेटिको बिल्वाओलाई १–० ले हराएको भ्यालेन्सीया नवौ स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?