Logo

ला–लिगा फुटबलको उद्घाटन खेलमा बार्सिलोना पराजित

ई-खेलकुद २०७६ साउन ३२ , शनिबार १२:०८ मा प्रकाशित

– स्पेनिस ला लिगा फुटबलको उद्घाटन खेलमा एथ्लेटिको बिल्वाओ बिजयी भएको छ । डिफेण्डिङ च्याम्पियन बार्सिलोनालाई १–० ले हराउदै एथ्लेटिको बिल्वाओले ला लिगामा उत्कृष्ट सुरुवात गरेको हो । बिल्वाओलाई जिताउन खेलको ८९ औ मिनेटमा अर्तिज अडुरुईजले गरेको गोल पर्याप्त बन्यो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अडुरुईजले पहिलो टचमै बललाई जाली चुमाएका थिए । ३८ बर्षिय स्पेनी फरवर्ड अर्तिजले सिजनको अन्तिममा सन्यास लिने बताईसकेका छन् ।
घरेलु मैदानमा मात्र २८ प्रतिशत बल पोजिशन बनाएको बिल्वाओले बार्साको पोष्टमा भने आधा दर्जन थप प्रयास गरेको थियो । कप्तान तथा मुख्य स्टाईकर लियोनल मेसी बिनै मैदान उत्रिएको बार्साले खेल पुर्णरुपमा आफ्नो पक्षमा पारेपनि गोल गर्ने अवसरको भने सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?