Logo

ला–लिगामा सेभिया, भियारियल र सोसिडाड विजयी

ई-खेलकुद २०७६ कात्तिक ४ , सोमबार ०८:१० मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा सेभिया, भियारियल, रियल सोसिडाड र डिर्पोर्टिभो अलाभेष बिजयी भएका छन् । सेभियाले लेभान्तेलाई १–० ले हराउदै तालिकाको छैठौ स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खेलमा लुक डि जोङले ८६ औ मिनेटमा गरेको गोल सेभियालाई ३ अंक दिलाउन पर्याप्त बन्यो । यो जितसंगै सेभिया १६ अंकमा तालिकाको छैठौ स्थानमा रहेको छ ।
भियारियलले स्पानियोलबिरुद्ध १–० को संर्घषपुर्ण जित निकाल्दा रियल बेटिसबिरुद्ध सोसिडाड ३–१ ले बिजयी बन्यो । जितसंगै सोसिडाड चौथो र भियारियल सातौ स्थानमा उक्लिएका छन् । गएराती नै डिर्पोर्टिभो अलाभेषले सेल्टा डि भिगोलाई २–० ले हराउदा एथ्लेटिको बिल्वाओ र रियल भल्लाडोलिडले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?